
सहमहालेखा नियन्त्रक श्याम प्रसाद भण्डारीलाई अर्थ मन्त्रालयको अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुखमा सरुवा गरिएको छ । सूचना प्रविधि विज्ञ श्रीचन्द्र साहलाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट अर्थमा ल्याइएको थियो ।यसअघि सोमबार मन्त्रिपरिषद्ले १७ जना सहसचिवको सरुवा गरेको थियो । सरुवाका क्रममा कतिपय सहसचिवलाई अर्थ बाहिर पठाइएको थियो भने केहीलाई बाहिरबाट मन्त्रालय भित्र्याइएको थियो । सरुवाका क्रममा अर्थ विषयविज्ञलाई असवन्धित स्थानमा पठाइएको थियो ।