पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा
zeenepal
२०८१ फाल्गुन ९,
6
Shares
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानले नेपाली जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको बताएका छन् । हेटौंडामा आयोजित राप्रपा नेपाल मकवानपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा जनताले गणतन्त्रवादी कुनै पनि दललाई भोट नहाल्ने अवस्था आउने बताएका हुन् ।
अध्यक्ष थापाले पूर्वराजाको सन्देशलाई सकारात्मक ढंगले ग्रहण गर्न आग्रह गरे । पूर्वराजाले राष्ट्रिय मेलमिलापको प्रस्तावलाई अघि बढाएको उनले बताए । पूर्वराजाको सन्देश कुनै पार्टी र सरकारको विरुद्धमा नभएको उनको भनाई छ । उनले एमाले, कांग्रेस, माओवादी लगायतका दलले सही ढंगबाट काम नगर्दा नागरिकहरूमा निराशा पैदा भएको बताए ।
देशलाई ठुला दलले ब्रमलुट गरिरहेका छन् । धेरै युवाहरू विदेश पलायन हुँदा अहिले क्याम्पसहरू पनि बन्द हुने अवस्थामा पुगेका छन् । अहिलेकै अवस्था रहने हो भने सरकारले कर्मचारीहरूको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता पनि दिन नसक्ने अवस्था हुनेछ,’ उनले भने । पूर्वराजालाई दोषी देखाएर आफ्नो गल्ती ढाकछोप नगर्न पनि अध्यक्ष थापाले राजनीतिक दलहरूलाई चेतावनी दिए । संघीयता खारेजी र राजसंस्था पुनःस्थापनाको एजेण्डा पूरा हुने चरणमा रहेको उनको भनाई छ ।