कुलमानले समयमै कार्यसम्पादन नबुझाएकाले शून्य अंक दिइएको हो : ऊर्जामन्त्री खड्का
zeenepal
२०८१ फाल्गुन २१,
9
Shares
फागुन, दमौली तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् ।तनहुँमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगर्ने दाबी पनि गरे ।एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ ? सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ । आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ,’ मन्त्री खड्काले भने ।
उनले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे ।नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ ? यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो ।कुलमानलाई भएको मूल्यांकनबारे बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले पनि प्रश्न गरेका छन् ।