काठमाडौं ७ असार।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ कर्मचारीसहित १७ जनाविरुद्ध नक्कली लाइसेन्स बनाएको आरोपमा मुद्दा दायर गरेको छ । मंगलबार नक्कली सवारी लाइसेन्स बनाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।
अख्तियारले एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित १२ कर्मचारी र अन्य ५ जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो ।