०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
zeenepal
२०८१ फाल्गुन १४,
18
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले ०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता कोइरालाले चुनावको बेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई गाह्रो हुने बताए ।
उनले पार्टीलाई अप्ठ्यारोमा पर्नबाट बचाउन ०८२ भित्रै निर्वाचन गराउनु उचित हुने बताए । ०८२ मा निर्वाचन गर्न नसके निर्वाचनपछि अधिवेशन गर्न उचित हुने उनले बताए । उनले भने, ‘अधिवेशनको बारेमा शेरबहादुरजीलाई सोधेँ । शेरबहादुरजीलाई सोध्नु भन्दा पहिलाको अन्तरवार्तामा मैले के भने भन्दा चुनाव भन्दा दुई पहिला अधिवेशन गराएको राम्रो हो ।’ नेता कोइरालाले निर्वाचनको मुखमा अधिवेशन गर्दा कसैलाई फाइदा नहुने बताए ।