नेपालगञ्ज : बाँकेको खजुरामा बाढी आएको छ । स्थानीय पेडारी नालामा पानीको बहाव बढेपछि बाढी आएको हो । बाढी आएपछि पानि सडकमाथि हिँडडुल गर्न समेत नसकिने अवस्थामा पुगेको स्थानिय गौरव सापकोटाले बताए । सडक माथिबाट बाढी बग्न थालेपछि यातायात अवरुद्ध भएको छ ।सडक वारपार गर्न नसकिने अवस्था आएको स्थानीय बताउँछन । पेडारी नालामा रहेको जिर्ण पुलको सटटामा नयाँ पुल नबनाउँदा थप कठिनाई खजुराका जनताले बेहोर्न परेको आदर्श युवा सञ्जाल खजुराका सचिव सुवास निरौलाले गुनासो गरे ।
खजुरा एक नम्बर र खजुरा बजार जोड्ने उक्त पेडारी नालाको पुल छिटो निर्माण गर्न स्थानिय सरकार सक्रिय हुनुपर्ने निरौलाले बताए ।पानीको बहाव बढ्दै गइरहेकोले सचेत भई यात्रा गर्न खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले अनुरोध गरे । सुवेदीले विपदका बेला कुनै समस्या परे स्थानीय सरकारका निकायहरुमा सम्पर्क गर्न अनुरोध समेत गरे । उनले आफ्नो सामाजिक सञ्जालमा सम्पर्कका लागि नम्बरहरु राखेका छन् ।