
दूतावासले जारी गरेको विज्ञप्ति अनुसार योगमा अभिरुचि भएका करिब ६०० जनाले सो योग कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दुवैलाई सकारात्मक उर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने बताए । सोही कार्यक्रममा सञ्चार तथ सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स्वस्थ्य जीवनका लागि सबैले नियमित योग गर्नुपर्ने सुझाव दिए ।