विकास निर्माणले आर्थिक गतिविधिलाई बढवा दिन्छ : उपप्रधानमन्त्री सिंह
zeenepal
२०८१ फाल्गुन १४,
6
Shares
नेपालगन्ज : नेपालगन्ज सिटी हल अन्ततः मंगलबार उद्घाटन गरिएको छ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले औपचारिक रुपमा उद्घाटन गरे । सिटी हल उद्घाटन भएपनि यहाँको भौतिक संरचनाको सुरक्षा र नियमित सञ्चालनबारे आशंका जागेको छ । ठुलो क्षमताको सभा हल नहुँदा यहाँका अधिकांस कार्यक्रम यसअघि होटलमा हुने गरेका थिए । नेपालगन्ज उपमहमानगरपालिका वडा नम्बर १४ भवानीयापुरमा संघिय आयोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले सिटी हल निर्माण गरेको हो
राज्यको ठुलो रकम खर्च भएर बनेको सिटी हललाई दिर्घकालिन रुपमा सञ्चालन गराउनुपर्ने उनीहरुको सुझाव छ । सरकारले पाँच वर्षअघि २०७५ माघ २५ गतेठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अगाडी बढाएको थियो । निर्माणको काम गर्न ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सन प्रा.लि.ले मुल्य अभिबृद्धि कर बाहेक २९ करोड ४५ लाख ५५ हजार ९ सय ५१ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले २०७८ साउन २५ गतेभित्र सबै काम सम्पन्न गरिसक्नुपर्नेमा कम्पनीले चौथो पटक म्याद थपेर केही महिना अघि मात्र निर्माण सम्पन्न गरेको हो ।
संघिय आयोजना कार्यान्वयन इकाई कार्यालयले निर्माण गरेपनि सञ्चालन र ब्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको छ । सिटी हललाई कुन तहको सरकार वा निकायले सञ्चालन गर्ने भन्नेबारे यसअघि अन्यौलता देखिएको थियो । निर्मित सिटी हलमा कुल ७ सय ९५ सिट क्षमताको ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङ लगायत पुर्वाधार निर्माण गरिएको छ । सिटी हल उद्घाटन गर्दै उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहले विकास निर्माण सम्बन्धी संरचनाको सदुपयोग गर्नुपर्ने बताए । ‘बनिसकेका भवन तथा विकासको सही सदुपयोग गर्नुुपर्छ,’ उनले भने । सिटी हलले नेपालगन्जमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे । सिटी हल निर्माण पश्चात यहाँ हुने विभिन्न गतिविधिलाई व्यवस्थित गर्न सुविधा हुने भन्दै यसको सही सदुपयोग गर्न आग्रह गरे ।