प्रमुख जिल्ला अधिकारी रिजालले मेयर आचार्यलाई प्रमाण सहित आरोप पुष्टि गर्न चुनौती दिए
zeenepal
२०८१ फाल्गुन १६,
96
Shares
नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी प्रजिअ खगेन्द्र प्रसाद रिजाल माथि कक्षा १० एसईई परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसंग सौदावाजी गरेको आरोप लागेको छ ।गृह मन्त्रालयमा बिहीबार सरुवा भएको खबर पछि कोहलपुरका मेयर पुर्ण आचार्यले एक स्ट्याटस मार्फत प्रजिअ रिजाललाई संस्थागत विद्यालयसंग सौदावाजी गरेको आरोप लगाएका हुन मेयर आचार्यले प्रजिअ रिजाललाई राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रुपमा भ्रष्ट भएको र उनले समाज चौपट गरेको उदाहरण दिएको बताएका छन ।
बाँके जिल्लाका सिडियो साबको सरुवा भएको खबर छ । सरुवा भई जादाँजादैँ कक्षा १० को एसइइ परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग राम्रै सौदाबाजी गर्नु भएछ । राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रुपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको राम्रो उदाहरण पनि दिन सफल हुनु भएकोमा बधाई छ । उनले थप भनेका छन, ‘अझै लामो समय निजामती सेवामा रहने र माथिल्लो भूमिकामा पुग्ने निश्चित छ त्यसको लागि शुभकामना पनि छ । तर केही गलत प्रवृतीका पात्रसँगको साँठगाँठ र हिमचिमले कोहलपुरको मर्यादित परीक्षा प्रणालिमा धक्का दिन जुन कोशिस गर्नु भयो ईतिहासले धिक्कार्ने नै छ ।’प्रजिअले अधिकारको चरम दुरुपयोग गरि सौदाबाजी गर्दै विभिन्न विद्यालयका परीक्षा केन्द्रहरु हेरफेर गर्ने बहानामा अनुचित चलखेल समेत गरेको मेयर आचार्यको आरोप छ । प्रमुख जिल्ला अधिकारी रिजालले मेयर आचार्यलाई प्रमाण सहित आरोप पुष्टि गर्न चुनौती दिएका छन ।