काठमाडौं । नेपाली कांग्रेसका नेताले सरकारी जग्गा कब्जामा लिएको भनेपछि कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर-९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको बताएका थिए ।त्यसक्षेत्रको कित्ता नम्बर ६२ र ६३ कांग्रेसका नेताले कब्जा लिई भोगचलन गर्दै आइरहेको स्थानीयको गुनासो रहेको रास्वपाका सांसदहरूले बताएका हुन् ।यस सम्बन्धमा उजुरीका बाबजुत स्थनीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरको भनेर उनीहरूले सरकारको ध्यानाकर्षण गरेका थिए ।
ADVERTISEMENT

