काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा असन्तुष्टी जनाउँदै केन्द्रीय क्याम्पस कीर्तिपुरमा ६ जनाले नेविसंघबाट बागी उम्मेदवारी दिएका छन् ।अनोज कार्की, पद्मा भुसाल, नरेन्द्र साउद, पदम दाहाल, सनम ओली, अक्कल रानाभाटले असन्तुष्टी जनाउँदै बागी उम्मेदवारी दिएका हुन् ।त्रिविमा उम्मेदवार बनाउँदा त्रिवि इकाई र केन्द्रबीच फाटो परेको छ । नेविसंघका त्रिवि इकाई सभापति विष्णु बडैलाले अनोज कार्कीलाई अध्यक्ष उम्मेदवार हुनेगरी निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको थिए ।त्रिवि स्ववियुका उपसभापति कार्कीले नेविसंघको तर्फबाट उम्मेदवारी दर्ता गरिसकेपछि केन्द्रले दीपकराज जोशीलाई उम्मेदवार बनायो । त्रिवि निर्वाचन समितिले कार्की र जोशीको आधिकारिकता खोज्यो ।
ADVERTISEMENT

