मर्यादित भएर होली पर्व मनाउन आग्रह होलीमा उच्छृङ्खल गर्नेमाथि कारबाही हुन्छ:बाँके प्रहरी
zeenepal
२०८१ फाल्गुन २८,
6
Shares
नेपालगन्ज । नजिकिँदै गरेको होली पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लावासीलाई शुभकामना दिँदै मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको छ ।सभ्य रुपले होली मनाउन आग्रह गर्दै बाँके प्रहरीले कसैलाई पनि इच्छा विपरीत रङ्ग लगाउने कार्य गर्ने र गराउनेलाई कारबाही गर्ने जनाएको छ । साथै मादक पदार्थ सेवन गरेर अमर्यादित तथा उच्छृङ्खल कार्यहरु नगर्न समेत जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।यदि त्यस्तो गलत गतिविधि गरेको देखिएमा तुरुन्तै प्रहरी कन्ट्रोलको १००, जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ताको ९८५८०२३९२२ मा सम्पर्क गर्न अथवा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन जिल्ला प्रहरी कार्यालय बाँकेले आग्रह गरेको छ ।
के भन्छ बाँके प्रहरी ? होली पर्व मनाउने बाहानामा कसैको इच्छा बिपरित लोला हान्ने रङ दल्ने कार्य नगरौं,चार्ड पर्व मनाउने बाहानामा अत्याधिक मादक पदार्थको सेवन गरी अमर्यादित तथा उच्छृङ्खल कार्यहरु नगरौं,चार्ड पर्व मनाउँदा हो-हल्ला तथा चर्को आवाजमा साउण्ड सिष्टमको प्रयोग नगरौं,आत्मिय रुपमा नजिक भएका ब्यक्ति वा आफन्तहरुसंग मात्र होली खेलौं,अपरिचित मानिसहरुको समूहमा होली नखेलौं, अशक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई कुनै पनि दुर्व्यवहार नगरौं,रेलिङ नभएको छत तथा बीच सडकमा होली नखेलौं,ट्राफिक नियमको पूर्णरुपमा पालना गरौं, सवारी दुर्घटनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं,
मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, भिडभाड हुने स्थानमा पाकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरु बढी हुने सम्भावना हुने हुँदा सावधान रहौं,महांगा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं,कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा नजिकैको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन नमबर १०० मा सम्पर्क गरौं साथैकसैको इच्छा बिपरीत रङ दलेमा, लोला प्रहार गरेमा वा होली पर्व मनाउने बाहानामा कोही कसैमाथि दुर्व्यवहार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने ब्यहोरा सबैमा सूचित गरिन्छ ।