नेपालगन्ज : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मनोनयन दर्ता भएसँगै प्रचार-प्रसारलाई तीव्रता दिइएको छ । आगामी चैत ५ गते मतदान हुँदैछ । त्रिभुवन विश्वविद्यालयका विभिन्न आंगिक तथा सम्बन्धन प्राप्त गरेका क्याम्पसमा उम्मेदवार बनेका विद्यार्थीहरूले मत मागिरहेका छन् । बाँकेको सबैभन्दा ठुलो र पुरानो महेन्द्र बहुमुखी क्याम्पसमा चुनावी रौनकता छाएको छ ।
विभिन्न बिद्यार्थी संगठनले आफ्नो प्रचार-प्रसार गरिरहेका छन् । नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित विभिन्न दल निकट बिद्यार्थी संगठनले निर्वाचन लक्षित कार्यक्रम गरिरहेका छन् । बाँकेमा रहेका अन्य क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ ।