कसौधन समाजका अगुवाले मनाए होलीको उत्सव कार्यक्रममा धमार आयोजना
zeenepal
२०८१ फाल्गुन २९,
42
Shares
अभिषेक कुमार गुप्ता नेपालगन्ज : कसौधन समाज बाँकेले बुधबार नेपालगन्जमा होली धमार कार्यक्रम गरेको छ। समाजका अध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अगुवाहरु सामाजिक अभियन्ता र युवा मंचका युवाहरु महिला मञ्चका महिलाहरूको समेत सहभागिता रहेको थियो ।
त्यस्तै कार्यक्रममा पुरानो कल्चरलाई नै प्राथमिकता दिएको छ किनभने संस्कृतिलाई जोगाउनुपर्छ आफ्नो धर्म संस्कृतिका विषयमा हामी हाम्रा पुस्ताहरुले जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको छ यो पहिलोपटक हाम्रो समाजले यस्तो कार्यक्रम आयोजना गरेको छ समाजका अध्यक्ष सन्तोष कुमार गुप्ताले बताउनुभयो ।
विगतभन्दा अलि फरक गरौँ भन्ने सोचका साथ यो कार्यक्रमको आयोजना गरिएको छ। यसमा हाम्रो कार्यक्रम बुधबार नेपालगन्जमा ७ बजेदेखि राति १२ बजेसम्म चलेको थियो। साथै त्यस कार्यक्रममा अभिरसँगै हामी फूलका होलीसँगै खेलेको समाजका अध्यक्ष गुप्ताले बताए ।