बाँके प्रहरीले फागुण महिनामा सम्पादित कामका बारेमा पत्रकार सम्मेलन सार्वजनिक
zeenepal
२०८१ चैत्र ३,
6
Shares
नेपालगञ्ज : बाँके प्रहरीले फागुण महिनामा सम्पादित कामका बारेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी फागुण महिनामा सम्पादन गरिएका कार्यको सार्वजनिक गरिएको हो ।बाँके प्रहरीले अपराध अनुसन्धान तर्फ १४ लाख ७१ हजार ८ सय ७५ बराबर भन्सार छलेको सामान सहित ३ व्यक्ति ४ मोटरसाईकल नियन्त्रणमा लिएर भन्सार बुझाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक पातलीले जानकारी दिए ।उनले फागुण महिनामै ट्राफिक कारवाहीतर्फ ३ हजार ६ सय १४ वटा सवारी साधनलाई कारवाही गरी २९ लाख ११ हजार ५ सय राजस्व उठाउन सफल भएको, अबैध नदीजन्य पदार्थ उत्खननमा ४ टिप्पर २ ट्याक्टर नियन्त्रणमा लिएर ४८ हजार जरिवाना भएको, भारतबाट अबैधरुपमा भित्र्याईएको ३ लाख ३६ हजार ८ सय १० मूल्यबराबरको बोईलर कुखुरा र मासु नियन्त्रणमा लिएर कारवाहीको लागि पशु क्वारेन्टाईन पठाएको बताए ।
बाँके प्रहरीले अपराध अनुसंन्धानतर्फ फागुण महिनामा १३१ मुद्दा दर्ता गरी १ सय २ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको, ६५ वटा अघिल्लो महिनाको पेण्डिङ्ग मुद्दा फच्र्याैट गरेको जनाएको छ । यो अवधीमा ६५ जना फरार अपराधी नियन्त्रणमा लिई १५ वर्ष २ महिना १८ दिन कैद असुल र ४ लाख ३५ हजार ५५ रुपैया जरिवाना असुल गरेको प्रवक्ता प्रहरी नायव उपरिक्षक पातलीले बताए ।
बाँके प्रहरीले यो अवधीमा ४ सय १४ वटा ठाडो उजुरी लिएरको यस मध्ये ३ सय ९६ वटा फच्र्यौट गर्न सफल भएको जनाएको छ । यो महिनामा १ किलो १ सय ६ ग्रमा ४ सय १६ मिलिग्राम ब्रँउन सुगर, ५ हजार ट्याब्लेट ट्रामाडोल, ४ किलो २ सय ग्राम चरेश ओसार पसारको अभियोगमा २२ जनलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।
प्रहरीले हराएका ३ वटा मोटरसाईकल र २१ वटा एन्ड्रोईड फोन फेलापारी सम्बन्धितलाई बुझाएको छ । फागुण महिनामा महिला तथा बालबालिका सम्बन्धी १५ वटा मुद्दा दर्ता गरी ११ जनालाई पक्राउ गरिएको, ३१ वटा घरेलु हिंसाको उजुरी आएकोमा २४ फच्र्यौट गरिएको, महिला बालबालिका हराएको र खोजतलासको ४६ निबेदन आएकोमा १५ जना फेला पारी अभिभावकको जिम्मा लगाएको, १५ जना अलपत्र परेकाको उद्दार गरी संस्थामा पठाएको र सिमानाकाबाट ८१ जना महिला, बालबालिका र जेष्ठ नगारिकको उद्दार गरिएको प्रवक्ता प्रहरी नायव उपरिक्षक पातलीले बताए ।उनले समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी १ सय ६० वटा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको र जसमध्ये लैङ्गिक हिंसा, लागू औषध सम्बन्धि सचेतना, आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतना, अल्पशंख्यकसंग प्रहरी, नागरिक सुनुवाई, समुदाय प्रहरी साझेदारी, साईबर अपराध र चोरी सम्बन्धी सचेतना लगायतका कार्यक्रम संचालन गरिएको बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन, कार्यालय परिसर मर्मत तथा स्ट्रीप लाईट जडान सौन्दर्यकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको जनाईएको छ । सो अवसरमा बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।