
उनले अस्पतालको दुरावस्थाबारे जानकार भएपछि अनुगमनकै क्रममा रहेका बेला संघीय स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई फोन गरेका थिए । तर संघीय मन्त्री पौडेल बैठकमा व्यस्त रहेकाले कुराकानी हुन सकेन् । उनले स्वास्थ्यमन्त्रीसँग कुरा गरेर गजेन्द्रनारायण अस्पतालको अवस्था सुधारबारे प्रयास गर्ने बताए ।अनुगमनकै क्रममा मुख्यमन्त्री सिंह गजेन्द्रनारायण अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीपकुमार साहको निजी क्लिनिक पनि पुगेका थिए । स्त्री तथा प्रसूति रोग विशेषज्ञ शाहको क्लिनिक मापदण्डविपरीत रहेकोले उनले तत्काल बन्द गर्न निर्देशन दिए । उनले राजविराजकै भारती इमरजिङ सेन्टर पनि मापदण्डविपरीत रहेकाले बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री नेतृत्वको अनुगमन टोलीले राजविराजस्थित अनार भुवनेश्वर अस्पताललाई मापदण्डमा आउन दुई महिनाको समय तोकिएको तथा सन्जनदिप हस्पीटलमा एनेस्थेसियाबिना शल्यक्रिया भइरहेको पाइएकोले सो व्यवस्थापन मिलाई मापदण्डमा आउन दुई महिनाको समय तोकेको छ । यस्तै राजविराजकै युनिक सिटी अस्पतालाई पनि नवीकरण गर्न निर्देशन दिइएको छ ।