
उनले प्रतिष्ठानलाई नेपालका सबै समुदायको भाषा, साहित्य र कलालाई संरक्षण गर्दै थप अघि बढाउन आग्रह गरे ‘प्रतिष्ठानले वृहत् शब्दकोष तयार पारी प्रकाशन गर्न लागेको सुन्दा खुसी लागेको छ । त्यस्तै बजारमा उपलब्ध हुन छाडेका पुराना प्रकाशनहरूलाई पुनः बजारमा ल्याउन लागेको समेत सुनेँ; यी कामका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।