
बृहत् लोकतान्त्रिक, प्रगतिशील,पेसागत,राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षसहित अरु पदका उम्मेदवारको अग्रता पनि कायम छ ।बारको नयाँ नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको थियो । ९ हजार ९ सय ५७ मतदाता रहेकामा निर्वाचनमा ८० प्रतिशत मत खसेको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठ प्रतिस्पर्धामा छन् ।मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन् भने श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने महासचिव पदमा उम्मेदवार रहेका छन् ।तेस्रो दिन पनि मतगणना बिहान ८ बजे जारी छ ।