प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिने
zeenepal
२०८२ बैशाख १२,
12
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए ।
सोही प्रश्नको जवाफमाप प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।अब १४ महनिापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ प्रधानमन्त्री ओलीले भने । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्यान्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए । तर सभापति देउवाले भने थाइल्यान्ड भ्रमणबाट शुक्रवार फर्किएसँगै सञ्चारकर्मीहरूसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिए ।