राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नै पाउँछ : जनार्दन शर्मा
zeenepal
२०८० फाल्गुन १४,
3
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नै पार्टीले पाउने बताएका छन् ।सोमबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादी राष्ट्रियसभामा ठूलो दल भएकाले अध्यक्षमा आफूहरुले दाबी गर्ने बताए ।राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो ।
उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रुपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन’, उनले भने, ‘ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ ।’नेता शर्माले कांग्रेस महासमितिले आगामी निर्वाचनमा गठबन्धन नगर्ने भनी गरेको निर्णयबारे स्थायी कमिटी बैठकमा छलफल हुने बताए ।