काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध रूपमा आयात गरेको १५० बोरा चामल सिल गरेको छ । विराटनगर हुँदै एपल ब्रान्डको चामल अवैध रूपमा आयात गरेको पाइएपछि उक्त चामल बिक्री वितरणमा रोक लगाइएको विभागका वरिष्ठ अधिकृत अमित झाले जानकारी दिए ।
बोरामा ३० किलो परिमाण रहेको उक्त १५० बोरा चामल घैला ब्रान्डको चामलसँगै काठमाडौँ ल्याउँदै गरेको भेटिएको झाले बताएका छन् । ‘सञ्चालक नरेश राठीले उत्पादनकर्ताको नाम ठेगाना नराखी बजारमा पठाउने गरेको भेटिएको छ ,’ उनले भने ।यसरी अवैध रूपमा आयात गर्ने सञ्चालकलाई कारबाही हुने समेत बताए ।