
सरकारद्वारा मधेशथरुहट, आदिवासी जनजाति लगायतका आन्दोलनकारीहरुमाथि विभिन्न जालझेल गरी झुट्टा मुद्दा लगाई दर्जनौं आन्दोलनकारीहरुलाई आजीवन कारावास समेतमा राखिएको भन्दै रिहाइ तथा झुट्टा मुद्दा फिर्ताका लागि सरकारसँगको सबै प्रकारको सम्बन्ध विच्छेद गरी सडक संघर्षमा उत्रिनुको विकल्प नरहेको समेत विज्ञपीतमा उल्लेख छ । नागरिक उन्मुक्ति र जनमतबीचको पार्टी एकता घोषणा गर्न राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रम स्थल पुग्नेबित्तिकै चौधरी पक्राउ परेका थिए । तर, उनी पक्राउपछि सर्वोच्चको कर्मचारीले फेक पत्र कारागार कार्यालय डिल्लीबजारलाई पठाएको पुष्टि भएपछि करिब ५ घण्टापछि चौधरी रिहा भइसकेका छन् ।