
ओलीले रैतीबाट माथि उठ्न नजानेका रैतानहरूलाई उठाउन खोज्दा समेत रैती नै बन्न खोजेको अरोप लगाए । ‘राजावादीमाथि खनिँदै ओलीले भने– ‘रैतीबाट आफैँ माथि उठ्न नजाने रैतानहरूलाई हामीले उठान खोज्यौँ । गणतन्त्र आएर उन्मुक्ति पाइसक्यो फेरि हामी रैती नै हौँ भन्छन् । स्वतन्त्र भन्दा पनि रिसाउँछन् । हामी अराएको मान्छौँ रैती नै हुन चाहन्छौँ भन्छन् । यही विचार र संस्कृतिको लडाइँ छ ।’प्रजातन्त्र सुन्नै नसक्ने, वाक स्वतन्त्रता सुन्नै नसक्ने तानाशाहीको ग्रेड कसरी चम्केकोमा ओलीले आश्चर्य माने ।
नायिका पन्तलाई ढाडस दिँदै ओलीले कलाकारलाई हेर्ने, सुन्ने, माया गर्ने मान्छे थुप्रै भएको भन्दै राजावादीहरूलाई घरमै सिरक ओडेर बस्न सुझाव दिए ।कलाकार मन पराउने, स्वतन्त्रताको झन्डा उठाउने थुप्रै छन् । फिल्म बहिष्कार ! वा कस्तो सुन्नै नसकेको ?’, आश्चर्य मान्दै ओलीले भने ।