
प्रधानमन्त्री ओलीले भने, 'सुरक्षा पन्तजस्तो कलाकारले कति राम्रो भन्नुभएको छ, हेर्नुस् त, राम्रो अनुहार छ, कला क्षेत्रमा आए हुन्छ । रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा ? त्यति राम्रो भनेकी छिन् । म पनि सुझाव दिन्छु, ती बाबु सिकेर कला क्षेत्रमा आए भने राम्रै हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन ।कलाकारलाई बहिष्कार गर्दा केही फरक नपर्ने भन्दै उनले आफ्नो काममा लागिरहन आग्रह पनि गरे ।