
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रमउपर सांसदहरूले दिने सुझावको सम्बन्धमा छलफल भएको बताए । उनले नीति तथा कार्यक्रममा सुझावहरूलाई समेट्दा व्यवस्थित हुने भएकाले सोही विषयमा छलफल भएको बताए । उनले संसदीय दलले कांग्रेसले संसद् अवरोधको शृङ्खलालाई अन्त्य गर्नुपर्नेमा जोड दिएको पनि जानकारी दिए ।
बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सम्बन्धमा बोलेको उनले जानकारी दिए । त्यसैगरी नीति तथा कार्यक्रमकै सन्दर्भमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले पनि धारणा राखेको बर्तौलाले बताए ।