नीति तथा कार्यक्रममा आशा देखिएन : कांग्रेस सांसद केसी
zeenepal
२०८२ बैशाख १९,
9
Shares
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन् ।संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले बलियो आँटसहित नआएको गुनासो गरे ।कमजोर नै छ त भन्दिनँ ।
जुन खालको दह्रो आँटसहित यो समयसिमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ,’ उनले भने ।नीति तथा कार्यक्रमको प्रतिवद्धता र दृढता मुख्य कुरा भएको उनको भनाइ छ ।