काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् ।लुम्बिनीमा आयोजित पार्टीको नीति प्रतिष्ठानको प्रदेशस्तरीय कार्यक्रमको समापन समारोहमा बोल्दै उनले राष्ट्रियताजस्तो संवेदनशील विषयलाई आवेग र उत्तेजनाका आधारमा प्रस्तुत गर्नु उचित नभएको बताएका हुन्।शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने हाल भारतको दिल्लीमा रहेको सन्दर्भ उल्लेख गर्दै विगतमा टेलिभिजन कार्यक्रममा प्रस्तुत गरिएको नक्सा र अहिलेको धारणा बीचको अन्तरबारे पनि प्रश्न उठाए ।
‘रास्वपा सभापति आज दिल्लीमा हुनुन्छ, हिजो टिभी कार्यक्रम चलाउँदा आवेगसाथ राखेको नक्सा आज संयमसाथ सम्झिनुहुन्छ कि सम्झिनु हुन्न ?उनले सोधे,’ राष्ट्रियताको प्रश्न आवेग, उत्तेजना र हलुका प्रस्तुतिको विषय हो कि गहन, ऐक्यवद्ध र शान्त कूटनीतिको प्रश्न ?उनले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय हिसाब बराबर भन्ने हो ? भन्ने प्रश्न पनि गरे ।
ADVERTISEMENT

