काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बिचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्ने बताएका छन् ।आफूहरूले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको उनको भनाइ छ ।राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफलमा पूर्वअर्थमन्त्री पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्थतन्त्रमा एकाधिकार र मिलेमतो गर्ने आसेपासे प्रवृत्तिलाई आफूहरूले बिचौलिया भन्दै आएको उनको भनाइ थियो ।
ADVERTISEMENT

