काठमाडौं असार, । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा बोलेको सुराकी शब्द रेकर्डबाट हटाउन माग गरेका छन् ।सिटौलाले जारी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सुराकी शब्द रेकर्डमा नराख्न आग्रह गरेका हुन् । सिटौलाले भने, ‘उहाँले बैठकमा उठाएका अन्य विषयहरू उपयुक्त भए पनि सुराकी शब्द उपयुक्त थिएन ।’
ADVERTISEMENT