महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
zeenepal
२०८२ बैशाख २५,
3
Shares
काठमाडौँ । महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम् अन्तर बैंक स्क्यान टु क्याससेवाको सुरुवात गरेको छ । यससँगै महालक्ष्मी विकास बैंक नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बनेको बताइएको छ । यस अन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैकिङ एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा दरबारमार्ग र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिने बैंकले जनाएको छ । यस सुविधाको विस्तार सँगै परम्परागत रुपमा चेक वा एटीएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।