कम्युनिस्टहरु विदेशीसामू लम्पसार पर्दैनन् : माधव नेपाल
zeenepal
२०७९ असार १०,
3
Shares
काठमाडौं १० असार,। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामू लम्पसार नपर्ने बताएका छन् ।शुक्रबार पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालल कम्युनिष्ट पार्टी कहिल्यै वदेशीको ईसारामा चल्न नसक्ने बताएका हुन् ।
कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने भन्दै उनले भने, ‘कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरुको सामू लम्पसार पर्दैनन् ।पोलिटब्यूरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुनेछ । परिस्थितिको ठोस विश्लेषण गर्नसके मात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने उनले बताएका छन् ।