काठमाडौं १० असार,। काठमाडौं महानगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै २५ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको छ ।शुक्रबारको नगरसभामा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरिन् यो चालु आर्थिक वर्षको बजेटभन्दा ६ अर्ब ४६ करोड रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा महानगरले १८ अर्ब ९५ करोडको बजेट विनियोजन भएको थियो । महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।
उपमेयर डंगोलले महानगरपालिकाले कुल बजेटको ४९.५७ प्रतिशत बजेट पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरेको बताइन् । उनले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट विनियोजन गरेकी छन् ।

