काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयनको सूचीमा सूचीकृत हुनेमा विश्वास व्यक्त गरेका छन् बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा पेस गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले बजेट पूर्ण कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
कार्यान्वयन सन्दर्भमा जहिल्यै पनि चुनौती हुन्छन् । चुनौती पछ्याउँदै कार्यान्वयन हुने गरी बजेट प्रस्तुत गरेको छु । यो बजेट पूर्ण कार्यान्वयनको सूचीमा सूचीकृत हुनेमा मैले विश्वास लिएको छु’, उनले भने, ‘यो बजेट निजी क्षेत्रको आत्मबल बढाउने, मनोबल बढाउने र सहजीकरण गर्ने सबै दृष्टिकोणले अनुकूल छ । यो बजेटको विशेषता भनेको एकदमै वास्तविकता आएको छ । स्रोतभन्दा बाहिर गएर आएको छैन ।अहिलेको बजेट फुलेको वा सुनिएको नभई ऋण, स्रोतको व्यवस्थापन गर्ने गरी आएको उनले दाबी गरे ।
ADVERTISEMENT

