काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकसरहको नागरिकता माग गरेको छ ।सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा एनआरएनएका प्रतिनिधिहरूले यस्तो माग राखेका हुन् ।गैरआवासीय नेपालीहरूलाई अहिले गैरआवासीय नागरिकता प्रदान हुँदै आएको छ । तर अंशबन्डा लगायतमा गैरआवासीय नागरिकतालाई मान्यता नदिएको उनीहरूको गुनासो छ ।
छलफलका क्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरी नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए ।गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष रविना थापाले मालपोतले समेत नचिन्ने गैरआवासीय नागरिकताले समस्या उत्पन्न भएको बताइन् ।
समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउन आवश्यक रहेको बताए ।सरकारले प्रस्ताव ल्याएको खण्डमा नागरिकता ऐन संशोधन विधेयकमा समावेश गरेर अगाडि बढ्न सकिने उनको प्रतिबद्धता छ ।
ADVERTISEMENT

