काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।नवनिर्वाचित योङ कम्युनिष्ट लिग वाईसीएल नेपाल का पदाधिकारीलाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले यस्तो प्रयास गरिरहेको बताए पनि ती शक्ति को हुन् भनेर खुलाएनन् ।
अब कहीँ न कहीँ प्रतिक्रियावादी, प्रतिगमनकारीहरूले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भन्ने षड्यन्त्र पनि छन्,’ उनले भने, ‘कहीँ न कहीँ फेरि जनयुद्धको, माओवादी आन्दोलनको, वाईसीएलको, युवाहरूको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिसहरू पनि भइराखेकै छन्।
उनले नवनिर्वाचित कार्यसमितिलाई पार्टीको आदेशमा सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो उभिन आग्रह गरे ।नवनिर्वाचित तपाईँहरूको पदाधिकारीको टिम पक्कै पनि यो जनरल स्टाफ जस्तै हो। वाईसीएल नेपालको जनरल स्टाफ नै हो यो,’ उनले भने, ‘तपाईँहरूले पार्टीको नेतृत्व आदेशमा सबै खाले प्रतिक्रियावाद र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो साबित गर्नुहुनेछ । प्रचण्डले वाईसीएलको पदाधिकारी ठूलो बने पनि नेतृत्वको केन्द्रीकरण भएको जिकिर गरे । वाईसीएलको ७५ सदस्यीय पदाधिकारी चयन भएको छ।