
गाडीमा सवार जिल्ला इलाम, रोङ गाउँपालिका–३ निवासी ३२ वर्षीय सुमन राई र चालक इलाम माई नगरपालिका–१ आापटारी निवासी २७ वर्षीय तेजकुमार बराइलीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा सुमन राईको साथमा लागू औषध ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको उनले जानकारी दिए । उनका अनुसार, उक्त पदार्थलाई मान्यता प्राप्त तराजुबाट तौल गर्दा कुल ९ ग्राम १७० मिलिग्राम रहेको पुष्टि भएको छ । प्रहरीले लागूऔषधसँगै उनीहरू सवार स्कार्पियो गाडीसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । हाल दुवै प्रतिवादीलाई म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।