प्रधानमन्त्रीले ओलीको भ्रष्टाचारविरुद्धको अभिव्यक्तिलाई लागू गर्न नसकेको टिप्पणी गरे : कोइराला
zeenepal
२०८२ जेष्ठ ३१,
18
Shares
काठमाडौँ — कांग्रेस सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने भनाइ व्यवहारतः लागू हुन नसकेको टिप्पणी गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति पनि प्रश्न उठाउँदै आयोगले एउटै मुद्दामा केहीलाई कारबाही गर्ने र केहीलाई उन्मुक्ति दिने प्रवृत्तिले दण्डहीनतालाई प्रोत्साहन दिएको कोइरालाको टिप्पणी छ ।
अब प्रधानमन्त्रीजीले भन्नुहुन्छ –म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न । त्यो बोलेर हुँदैन । कोही सुन्नेवाला छैन । कोही एक जनाले सुन्दैन । विश्वास नै गर्दैन अब निर्मम तरिकाले हामीले भ्रष्टाचारको अन्त्य गर्न सुरु गर्नुपर्यो नि । अख्तियार कसैलाई डाम्छ, त्यही केसमा अरुहरूलाई छोडिदिएको छ । त्यसले त दण्डहिनतालाई बढावा दिइरहेको देखियो । यसरी अब चल्दैन देश । सुशासन पटक्कै छैन,कोइरालाले भने ।मुलुकको आर्थिक, प्रशासनिक र अन्तर्राष्ट्रिय साख संकटमा पर्दै गएको उनको भनाइ छ । उनले श्रमिकको पारिश्रमिक वृद्धिमा सरकार लगातार असफल भएको आरोप लगाए ।