नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको रोजगार संवाद मञ्चको वैठक सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा रोजगार संवाद मञ्चको बैठक आज सम्पन्न भएको हो बैठकमा उप–प्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ बाँके, महिला उद्यमी संघ, ट्रेड युनियन, घरेलु महासंघ, नागरिक समाज तथा गैसस महासंघका प्रमुख एवम् प्रतिनिधि, बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको रोजगार सहायक अनुप बर्माले बताए । बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आन्तरिक रोजगारी सिर्जना, सीप विकास तथा रोजगारमैत्री नीतिहरूका बारेमा विस्तृत छलफल भएको रोजगार संयोजक मन्जु ज्ञवालीले जानकारी दिइन् ।