नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको १८औं गाउँसभामा उपाध्यक्ष निर्मला रोकायाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८२ करोड २१ लाख ५२ हजार १ सय ५३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी छिन् ।यस वर्षको बजेटमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ । साथै, विगतदेखि सञ्चालनमा रहेको लोकप्रिय कार्यक्रम किसानसँग पालिका प्रमुख” का लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उपाध्यक्ष रोकायले बताइन् ।
सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गरेका थिए । बजेट प्रस्तुत गर्नु अघि प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखा अधिकृत पूर्ण प्रसाद जैसी, प्रशासन प्रमुख तप्तराज आचार्य र आन्तरिक लेखा परीक्षक उपेन्द्र ढुंगानाले बजेटको सुटकेस उपाध्यक्ष रोकायलाई हस्तान्तरण गरेका थिए ।कार्यक्रममा प्रशासन प्रमुख आचार्यले सभा सुरु भएको जानकारी दिएका थिए ।गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा समावेश प्राथमिकताहरूलाई आगामी वर्षको कार्ययोजनाको मेरुदण्डको रूपमा लिइएको जनाइएको छ ।