काठमाडौँ । संसदीय सुनवाइ समितिमा प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ सकिएको छ । बैठकले अनुमोदनको निर्णय भने गर्न सकेन ।‘ केही उजुरीबारे थप छलफल गर्ने निर्णय भएको छ । त्यसैले आज अनुमोदनको निर्णय हुन सकेन,’ बैठकबारे जानकारी दिँदै डीपी अर्यालले भने ।सर्वोच्चका प्रस्तावित न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापा ।बैठक सकियो । प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यबारे निर्णय भएन । अर्को बैठकमा निर्णय हुने ।