काठमाडौँ — रुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ मा उपनिर्वाचन हुने भएको छ ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उपनिर्वाचनको मिति तय भएको जानकारी दिए ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उक्त क्षेत्रबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ मा निधन भएपछि उक्त क्षेत्र खाली छ । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।