प्रधानमन्त्री ओली राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी सम्मेलनमा सहभागी
zeenepal
२०८२ असार १६,
18
Shares
बार्सिलोना। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा भाग लिएका छन् । सेभिया आइपुगेका प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सम्मेलनमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव अमृत राईलगायतका नेपाली प्रतिनिधिमण्डल सहभागी छन् ।यसअघि आइतबार साँझ सेभियामा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेट गरेका थिए ।भेटमा सान्चेजले आफू नेपाल भ्रमणका लागि इच्छुक रहेको जनाएपछि प्रधानमन्त्री ओलीले उनलाई निमन्त्रणा दिएका थिए ।