त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरपोर्ट का ६ वटा पसललाई कारबाही
zeenepal
२०८२ असार १७,
9
Shares
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरपोर्ट का ६ वटा पसललाई कारबाही गरेको छ । मूल्य हेरफेर गरेको पाइएपछि मंगलबार नियमित अनुगमनमा गएको विभागको टोलीले एयरपोर्टका २ वटा पसललाई ४ लाख ६५ हजार रुपैयाँ जरिवाना गरेको छ भने अन्य ४ वटालाई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
मूल्य हेरफेर गर्ने ईजि ट्रेडलाई २ लाख ६० हजार रुपैयाँ र एयरपोर्ट टि एण्ड कफी शपलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।विमानस्थलमा एमआरपीभन्दा बढी मूल्य लिने प्रवृत्ति बढेसँगै विभागले पटक–पटक अनुगमन गर्दै आएको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताए ।तर यो पटक एमआरपीभन्दा बढी मूल्य लिइएको पाइएन बरु फ्याक्ट्रीमै फर एयरपोर्ट सेल लेखाएर एमआरपी नै बढी राखिएको पाइयो ,’ उनले भने,‘एमआरपी घोषणा भइसकेपछि बढी घटी हेरिरहेका छैनौँ ।
यस्तै एयरपोर्टका अन्य ४ वटा व्यापारिक फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिई ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । साथै ललितपुरको मनमय इन्टरप्राइजेजलाई रिलेबलिङ गरेको वा गुणस्तर,परिमाण मूल्य नापतौल हेरफेर गरेको पाइएपछि २ लाख ८० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ । एक इलेक्ट्रिक पसललाई सामान्य निर्देशन दिइएको जनाएको छ ।