लुम्बिनी प्राविधिक विश्वविद्यालय पदाधिकारीका कारण फड्को मार्न सकेन
zeenepal
२०८२ असार १८,
21
Shares
नेपालगन्ज आसर । लुम्बिनी प्रदेश सरकारले बाँकेमा संचालन गरिरहेको लुम्बिनी प्राविधिक विश्वविद्यालय जुन गतिमा अघि बढ्नुपर्ने हो बढ्न सकिरहेको छैन । काम गर्ने नसकने पदाधिकारी एवं कर्मचारीका कारण फड्को समस्या उत्पन्न भएको छ । भर्खरै स्थापना भएको बिश्वबिद्धालयले आफ्नो प्रभावकारी भुमिका देखाउन सक्नुपर्नेमा एउटा निजि स्कुल वा कलेज जत्तिकै पनि काम गर्न नसकेको टिप्पणी लुम्बिनी प्रदेश भरि रहेको छ । यस्तो टिप्पणीलाई बिश्वबिद्धालयका पदाधिकारी र जिम्मेवार कर्मचारीले खारेज गरे पनि उनीहरुको कार्यशैली बिश्वबिद्धालयलाई उभो’ लगाउने खालको नभएको बताइएको छ । बिश्वबिद्धालयले भौतिक पूर्वाधार अभावको कारण कहाँ स्थापना गर्ने भन्ने अन्यौला झेल्नुपरेको छ ।
लुम्बिनी प्रदेश सरकारले खजुरास्थित रनियापुरमा ५० बिघा जमिन उपलब्ध गराउने निर्णयसँगै विश्वविद्यालय स्थापनाको प्रक्रिया औपचारिक रूपमा अघि बढेको थियो । तर अहिलेसम्म कार्यान्वयन भएको छैन । २०७९ साल असार १८ गते विश्वविद्यालयको औपचारिक स्थापना गरिएको हो । प्रदेश सरकारको राजपत्रमा विधान प्रकाशित भएसँगै बाँकेको भूगोलमा पहिलो पटक एक सरकारी विश्वविद्यालय सञ्चालनमा आएको हो । बिश्वबिद्धालयमा हाल सूचना प्रविधि, इन्जिनियरिङ,कृषि, वन तथा पर्यटन जस्ता व्यवहारिक शैक्षिक विषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गर्दै छ ।