डा.रूपाखेती युक्रेन,गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि गैरआवासीय राजदूतमा नियुक्त
zeenepal
२०८२ असार १८,
9
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा.शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले रुपाखेतीलाई बुधबार गैर आवासीय राजूदत पदमा नियुक्त गरेका हुन् ।
'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,'राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।