
विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र स्वार्थ पूरा गर्ने थलो बनाउन नहुने उनले बताए । विश्वविद्यालयमा लगाएको ताला अदालतले खोल्न आदेश दिनुले पनि त्रिविमा जटिलता रहेको उनको भनाइ छ । ‘हिजो अदालतको फैसलाले ताला खोल्नु भनेपछि आज कतै–कतै ताला खुल्ने सुन्दै छु । त्रिविमा जटिलता छ । अफ्ठ्यारो छ,’ उनले भने, ‘जटिलता हटाउनु पर्छ । सबै मिल्यौं भने विश्वविद्यालयको इतिहासलाई पुनर्स्थापना गर्न सक्छौं । गलत राजनीतिबाट मुक्त गर्नुपर्छ ।विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउन मन्त्री पन्तले आग्रह गरे । ‘विश्वविद्यालयको मुख्य पाटो अनुसन्धान हो । सर्टिफिकेट महत्त्वपूर्ण कुरा होइन । जागिरको लागि पेस गर्न काम लाग्ला तर प्रमाणपत्र बोक्नेले ज्ञान र प्रज्ञालाई बोक्न सकेनन् भने शिक्षा प्रणाली फेल हुन्छ,’ मन्त्री पन्तले भने ।
त्रिविले देशलाई चाहिने जनशक्ति उत्पादन गरिरहेको पनि उनले बताए । ‘ज्ञान र प्रविधि दुवै स्थिर भएर रहँदैन । पुर्खाले प्राप्त गरेको ज्ञानले आजको दुनियाँ चल्दैन । हामीले प्राप्त गरेको ज्ञानले भविष्यको पुस्ता अगाडि बढ्न सक्दैन । ज्ञान र विज्ञानको निरन्तरता हुन्छ । नेपालको ज्ञान निर्माणमा त्रिविले खेलेको भूमिका पर्याप्त नहोला तर पहिलो विश्वविद्यालय हो । यो गौरवको कुरा हो,मन्त्री पन्तले भने ।त्रिविले आफ्नो ६६ औं वार्षिकोत्सव स्मृति भवनमा मनाएको छ । कार्यक्रममा उपकुलपति खड्ग केसी, रेक्टर दुविनन्द ढकाल, रजिस्ट्रार केदार प्रसाद रिजाल, डिन, क्याम्पस प्रमुख, त्रिविका कर्मचारी लगायतको उपस्थिति थियो ।