काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन डब्लूटीओका प्रतिनिधि मासिहिरो हायाफुजीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको छ ।उक्त भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर सुधार, निर्यात प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा डब्लूटीओसँगको सहकार्यका विषयमा छलफल भएको छ ।
ADVERTISEMENT

