काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको आगामी भदौमा हुने विधान महाधिवेशनमा आफ्नो उपस्थितिबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताएकी छन् ।मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा यस्तो जवाफ दिएकी हुन् । त्यसक्रममा उनले आफूले असार १४ गते बोल्ने क्रममा पनि आफ्नो राजनीतिक यात्राबारे स्पष्ट राखेको भन्दै एमालेको सदस्यता नवीकरण गरेर एमाले परिवारमा जोडिएको बताइन् ।
‘पार्टीभित्र कुन संरचनामा के भूमिका भन्ने कुरा माथिल्लो तहको नेतृत्वले महाधिवेशनअघि केन्द्रीय कमिटीले के जिम्मेवारी दिन्छ त्यसमा भर पर्छ’, उनले भनिन्, ‘पार्टी दर्शन नीति र सिद्धान्तले पार्टी चल्ने र त्यसलाई संस्थागत रूपले अघि बढाउनुपर्छ ।भण्डारीले कहिलेकाहीँ पार्टीमा व्यक्तिहरूको अभाव हुने भएपनि थुप्रै योग्य व्यक्तिहरू रहेको बताइन् । ‘जबजलाई अघि बढाउन मदन भण्डारीले लागु गर्न पाउनुभएन, उहाँको रहस्यमय निधन भयो । त्यो अनुत्तरित प्रश्न छ । तर पनि पार्टी आफ्नो सिद्धान्तअनुसार अघि बढ्दै यो ठाउँमा आएको छ’, उनले भनिन् ।
भण्डारीले विधान महाधिवेशनमा भाग लिने विषय विधान त १० औँ महाधिवेशनका प्रतिनिधिले भएको पनि बताइन् तर त्यसमा नयाँ प्रतिनिधि र केन्द्रीय प्रतिनिधि पनि थपिएको भन्दै त्यसबारे पार्टीले निर्णय गर्नुपर्ने बताइन् । ‘ जिल्ला अधिवेशनबाट पनि अहिले नयाँ नेतृत्व आएको छ । तिनीहरू हिजो १० औँ महाधिवेशनमा उनीहरू थिएकी, थिएनन् ?’, प्रश्न गर्दै उनले भनिन्, ‘त्यसमा पनि पार्टीले छलफल र निर्णय गर्छ होला । त्यसैगरी जनसङ्गठनमा पनि अधिवेशनहरू भएका छन् । नयाँको प्रतिनिधित्व कसरी हुन्छ ? यो सबै केन्द्रीय कमिटीको छलफलको विषय हुनेछ । यही सल्लाह दिन सक्छु ।उनले विधान महाधिवेशनमा आफ्नो उपस्थिति कुन रूपमा हुने भन्ने पनि पार्टीले नै निर्णय गर्ने बताइन् । ‘मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ उहाँहरूमै भर पर्ने हो । आमन्त्रित हुन्छ वा विधान महाधिवेशनमा प्रतिनिधिका रूपमा हुन्छ या अरू कुनै रूपमा हुन्छ ?’, भण्डारीको भनाइ छ ।
ADVERTISEMENT

