काठमाडौँ । मन्त्रिपरिषद् बैठकले दुई मन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमन्त्री प्रदीप पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको चीन भ्रमण स्वीकृत गरेको हो ।मन्त्रिपरिषद्को निर्णयानुसार साउन १० देखि १२ गतेसम्म चीनको संघाइमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री गुरुङ जानेछन् । यस्तै साउन ८ देखि ९ गतेसम्म बेइजिङमा हुने अर्को कार्यक्रममा सहभागी हुन मन्त्री पौडेल त्यसतर्फ जानेगरी मन्त्रिपरिषद्ले स्वीकृदि दिएको बुधबार जानकारी दिइयो ।
ADVERTISEMENT

