काठमाडौं । दर्ता बिना सञ्चालन गरिएको सुवाल इन्टरनेशनल कलेजका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागको पत्रअनुसार जिल्ला प्रहरी परिसर भक्तपुरले यो कलेजका सञ्चालक प्रकाश सुवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको थियो । परिसरको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।
ADVERTISEMENT

